प्रमुख समाचार

एसईई परीक्षा नतिजा सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

बोर्डले शुक्रबार बैठक बसी एसईईको नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

गत ७ चैतमा सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

Facebook Comments

एसईई परिणाम, प्रतिस्पर्धा र चमकभित्रको विद्यालय पीडा

Previous article

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) को कसीमा कक्षा ५ र १० को नतिजा

Next article