प्रमुख समाचारसबै समाचार

शिक्षामा बजेट अपुग छ, यसलाई बढाइन्छ : नवनियुक्त शिक्षामन्त्री पोखरेल


नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा बजेट अपुग भएकाले यसलाई बढाइने बताएका छन् ।

Oplus_131072

शुक्रबार मन्त्रीमा नियुक्त भई सपथ खाएलगत्तै शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री पोखरेलले भने, ‘मेरो प्रारम्भिक बुझाई नै शिक्षामा बजेट अपुग छ भन्ने हो । १० प्रतिशत भनेको अपुग नै हो । यही आर्थिक वर्ष वृद्धि गर्न सकिन्छ सकिँदैन तर आउने वर्षका लागि अन्य वर्षको भन्दा शिक्षा बजेट बढ्छ ।’

शिक्षा सरकारको प्राथमिक क्षेत्र भएकाले अध्ययन गरेर बजेट बढाइने पनि मन्त्री पोखरेलले बताए । उनले नयाँ पार्टी र नयाँ सरकार आउँदा केही त्यस्तो नमान्न आग्रह गर्दै सबै मिलेर काम गर्नेमा आश्वस्त पारे । मन्त्रालयका कर्मचारीसामु मन्त्री पोखरेलले भने,  ‘ब्यूरोक्र्याट्ससँग मिलेरै काम गर्ने हो, तपाईँहरुप्रति हाम्रो पूर्ण विश्वास छ ।’

‘नयाँ कार्यक्रम त्यस्तो केही छैन’

मन्त्री पोखरेलले हाल चलिरहेको कार्यक्रममा परिवर्तन गरिहाल्ने नयाँ कार्यक्रम आफ्नो नरहेको स्पष्ट पारेका छन् । ‘हामी आउनेबित्तिकै परिवर्तन केही पनि हुँदैन । अगाडि जुन तरिकाले काम भइरहेको छ, तिनै कामलाई अघि बढाउने हो,’ उनले भनेका छन्, ‘पाइपलाइनमा भएका कार्यक्रम र ऐन मस्यौदालाई अघि बढाइनेछ ।’

उनले आगामी योजना तथा कार्यक्रममा भने बजेटसँगै परिवर्तन हुने धारणा राखेका छन् । प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख छँदा बढाइएको शैक्षिक सुधारको मोडललाई आधार बनाई विद्यालय सुधार्ने आशय मन्त्री पोखरेलले राखे ।

उनले भने, ‘काठमाडौं महानगरपालिकामा लागू भएको सुधार त सानो अनुहारमा देखिएको थियो । त्यसैको अब ठूलो आकारमा नेपालभरिका सबै पालिकाहरुमा रेप्लिकेट गरिनेछ ।’

मन्त्री पोखरेलले विद्यालय र विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना पनि अघि सारिने बताए । उनले विद्यार्थीलाई सानै उमेरदेखि एआई प्रविधि सिकाउने पनि सुनाए । युवा तथा खेलकुदमन्त्रीसमेत रहेका पोखरेलले पाठ्यक्रममा खेलकुदलाई जोडिने पनि बताए ।

 

 

Facebook Comments

शिक्षण सिकाइमा परामर्श र निर्देशन सेवाको अपरिहार्यता

Previous article

यस वर्षको एसइइ परीक्षा आजबाट शुरू, पाँच लाखभन्दा बढी परीक्षार्थी सम्मिलित

Next article