शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) अन्तर्गत आ.व. २०७८/७९ मा सम्पन्न कक्षा ५ को र २०७९/८० मा सम्पन्न कक्षा १० को परीक्षणबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रबाट गत आर्थिक वर्षमा प्रकाशित कक्षा ५ र १० को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण प्रतिवेदनका मुख्य प्राप्ति र निष्कर्ष सार्वजनिक गरिएको हो ।