प्रमुख समाचारविशेषसमाचार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरि लम्साल नियुक्त, सदस्यमा सापकोटा र रिमाल


सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

डा. लम्साल नेपाल सरकारका पूर्वसचिव र सापकोटा सहसचिव हुन् भने रिमाल निवृत्त शिक्षक । डा. लम्साल र सापकोटासित शिक्षा मन्त्रालय तथा मातहतका निकायमा काम गरेको अनुभव  छ ।

 

Facebook Comments

कागेश्वरी मनाेहरा नगरपालिकाकाे शिक्षा सुधार: अभ्यास, उपलब्धि र मार्गचित्र

Previous article