प्रमुख समाचारसमाचार

कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, निर्धक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्डको आग्रह


राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको आज  बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

शिक्षक तथा कर्मचारीहरुको आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिएको थियो ।

तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत् कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी निर्भिक भएर परीक्षाको तयारी गर्न अनुरोध गरेका छन् ।

Facebook Comments

शिक्षक दरबन्दी पुनरावलोकन भएन सार्वजनिक, दरबन्दी घटाउन सुझाब दिएको खुलासा

Previous article

कक्षा १२ को परीक्षालाई सघाउन बोर्डले शिक्षकहरुलाई पुनः आह्वान गर्ने

Next article