भिडियोविशेष

कागेश्वरी मनाेहरा नगरपालिकाकाे शिक्षा सुधार: अभ्यास, उपलब्धि र मार्गचित्र


कागेश्वरी मनोहरा नगरपालिकाले शिक्षा सुधारका लागि महत्वपूर्ण अभियान र कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रारम्भिक बालविकास (इसिडि)देखि कक्षा १ देखि १२ का लागि नगरपालिकाले यथेष्ट लगानी गरेको छ । वडा नं १ को कागेश्वरी क्षेत्रमा पर्ने बालउद्धार मावि तथा सिद्धिगणेश माविदेखि ९ नं को गान्धी आदर्श माविसम्म, १५ वटै सामुदायिक विद्यालयहरुमा नगरपालिकाको दृष्टि पुगेको छ । नगरपालिकाले आफ्नै स्रोतबाट करिव १० करोड रुपियाँ बजेट शिक्षामा विनियोजन गरेको छ । पालिकाले सञ्चालन गरिरहेको कार्यक्रम तथा अभियानमा इसिडि र कक्षा १–३ सुधारका लागि सार्थक शिक्षा, विद्यार्थीको एनजी उन्मूलन, माइ सेकेण्ड गार्जियन, टिचर्स बैंक, रिमिडियल अर्थात् उपचारात्मक कक्षा, संस्कारयुक्त शिक्षा, स्थानीय पाठ्यक्रम, अभिभावक शिक्षालगायत रहेका छन् । शिक्षा सुधारमा नयाँ यात्रा : पालिकाको अभ्यास, उपलब्धि र मार्गचित्र

Facebook Comments

नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६

Previous article